अपराध सुरक्षा

संसारको सबै भन्दा धेरै बलात्कार हुने देश, ३६ सेकण्डमा एक महिला बलात्कार

संसारको सबै भन्दा धेरै बलात्कार हुने देश, ३६ सेकण्डमा एक महिला बलात्कार

पुस २८ । मानवअधिकार सम्बन्धी राष्ट्रसंघीय निकायले जारी गरेको एक तथ्यांक अनुसार महिलाका लागि सबैभन्दा असुरक्षित मुलुक दक्षिण अफ्रिका हो ।

दक्षिण अफ्रिकामा प्रत्येक ३६ सेकेन्डमा एक महिला बलात्कारको शिकार हुने गरेको बताइन्छ । गत वर्ष अर्थात् सन् २०१६ मा दक्षिण अफ्रिकामा ५४ लाख ६ सय ४० बलात्कारका घटना प्रकाशमा आएको छ ।

सबैभन्दा बढी १० देखि १५ वर्ष उमेर समूहका बालिका बलात्कारको शिकार हुने गरेको सो तथ्यांकमा उल्लेख छ । महिला असुरक्षाका दृष्टिले दोस्रो नम्बरमा अफ्रिकी मुलुक बोत्सवाना रहेको छ । करिब २३ लाख जनसंख्या रहेको यो मुलुकमा वर्षेनि प्रति एक लाख जनसंख्यामा बलात्कारका घटना ९ हजार दुई सय रहेको छ ।

तेस्रो नम्बरमा अफ्रिकी देश लेसोथो रहेको छ । करिब २२ लाख जनसंख्या रहेको यो मुलुकमा वर्षेनि प्रति एक लाख जनसंख्यामा २ हजार तीन सय बलात्कारका घटना हुने गरेको छ ।

World Most Rape

विशेष