श्रीमान नै प्रेममा तगारो बनेपछि घाटी रेटेर हत्या

पुस २८ । एक साता अघि रौतहटको करुनिया गाविसमा हत्या गरिएका युवकको श्रीमती नै उनको हत्यामा संलग्न रहेको खुलाशा भएको छ ।
श्रीमान अभिनन्दन साह रोजगारीका लागि कतार गएको बेलामा श्रीमती सकुन्तला देवीको देवर मनिष कुमार सुमनबीच प्रेम सम्बन्ध रहि आएकोले श्रीमान् घर फर्केर प्रेममा तगारो बन्ने देखिएपछि देवरसँग मिलेर आफ्नै श्रीमान्को हत्या गरेको प्रहरीले जनाएको छ ।
३३ वर्षीय अभिनन्दनको सोही गाविसको वडा नम्वर ६ बाँसघारीमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव फेला परेको थियो ।
hatya
