अपराध सुरक्षा

३३ किलो सुन तस्करीमा भन्सार विभागका २ अधिकृत समातिए

३३ किलो सुन तस्करीमा भन्सार विभागका २ अधिकृत समातिए

पुस २८ । ३३ केजी सुन तस्करीमा सहयोग गरेको भन्दै प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका दुई कर्मचारीलाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार विमानस्थलका भन्सार अधिकृत श्रीनारायण यादव र राजकुमार ढकाललाई पक्राउ गरेको हो । सिआइबीको टोलीले मंगलबार बेलुका मात्र काभ्रेको पनौतीबाट दुई जनालाई पक्राउ गरेको थियो ।

भन्सार विभागका कर्मचारीको मिलोमतो हुन सक्ने भन्दै विभागले बिहीबार नै २९ जना कर्मचारीलाई कामको जिम्मेवारीबाट हटाएको थियो ।

गएको बिहीवार विमानस्थलबाट ३३ किलो सुन लिएर बाहिरने क्रममा गोपालबहादुर शाही, दिलबहादुर थापा र सन्तोष काफ्लेलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Sun Taskari

विशेष