अपराध सुरक्षा

१४ लाखको घडी प्रकरण : सांसद खतिवडाकाे नाम जाेडिएकाे प्रति प्रवलकाे ध्यानाकर्षण

१४ लाखको घडी प्रकरण : सांसद खतिवडाकाे नाम जाेडिएकाे प्रति प्रवलकाे ध्यानाकर्षण
पुस - २८ । पूर्वप्रधानसेनापति पुत्र प्रवलमानसिंह गुरुङले घडी हराएको विषयमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाको नाम जोडिएकोमा गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै आफ्ना बाबुलाई ०६६ सालमा नै सम्धी भेटका क्रममा भाटभटेनीका मालिक मीनबहादुुर गुरुङले दिएको घडी आफूले लगाएको र २० गते हेल्थ क्लबमा हराएको बताए । घडि हराएको विषय अवगत गराएर त्यस लगत्तै आफू भारत गएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् । त्यही दिन क्लबको चेन्जिङ रुपमा राखेको खतिवडाको ट्राकसुटमा पर्न गएको घडी उनले थाहा पाए लगतै आफू भारतमा रहेकाले साथी सिमान्तलाई खबर गरेको विज्ञप्तिमा उल्लेख छ । आफू बम्बईमा हुँदा नै यसबारे थाहा भएको भन्दै उनले यसबाट पर्न गएको भ्रम कसैमा नरहोस्, साथै माननीय खतिवडाज्यूको आत्मसम्मान तथा सामाजिक प्रतिष्ठामा पर्न गएको चोटप्रति दुःख व्यक्त गर्दै सकारात्मकम सहयोगका लागि सादर सबैमा सादर अनुरोध गरेका छन् ।

घडी प्रकरण

विशेष