लगानी सुरक्षित गर्न तीनवर्षीय योजना

पुस - २८ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले देशमा उद्योग व्यवसाय विकासका लागि सरकारले तीनवर्षीय रणनीतिक कार्ययोजना ल्याउन लागेको बताएका छन् ।
स्थानीय बोडेमा नेपाल अर्बुद रोग निवारण संस्थाको दुईदिने २६औँ केन्द्रीयसभाको आज उद्घाटन कार्यक्रममा उनले नेपालमा औद्योगिक क्षेत्रमा लगानी गर्न लगानीकर्ता डराइरहेका अवस्थामा आउने कार्ययोजनाले लगानी सुरक्षित गर्ने र यसको प्रत्याभूति दिने बताए । मन्त्री जोशीले भने, “सरकारले लगानीमैत्री कार्ययोजना ल्याउँदैछ, नेपालमा अब लगानी गर्न डराउनुपर्ने अवस्थाको अन्त्य हुन्छ, व्यवसायीले ढुक्क भएर लगानी गर्न सक्छन् ।”
कार्यक्रममा नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक टेकबहादुर बस्नेत, प्रजिअ द्रोण पोखरेल र संस्थाका केन्द्रीय सल्लाहकार कर्ण शाक्यले विश्वमै विकराल बन्दै गएको अर्बुद रोगको रोकथामका लागि सबै लाग्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ, उपाध्यक्ष महेश श्रेष्ठ, महासचिव विमलकुमार होडा, निवर्तमान अध्यक्ष दिवाकर राजकर्णिकारलगायतले संस्थाका गतिविधि र अर्बुद रोग नियन्त्रणका लागि भएको प्रयासबारे जानकारी दिएका थिए ।
नवीन्द्रराज जोशी