अर्थ

उपत्यकामा सरकारले अन्तर्राष्ट्रिय स्तरका बस चलाउने

उपत्यकामा सरकारले अन्तर्राष्ट्रिय स्तरका बस चलाउने

पुस २९ । सरकारले राजधानी उपत्यका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सुविधासम्पन्न बस चलाउने तयारी थालेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले उपत्यकाका २२ वटा नगरपालिकामा सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेको हो ।

सर्वाजनिक यातायातलाई भरपर्दो स्तरीय र व्यवस्थित बनाउन उत्यका नगर यातायात लिमिटेड’ कम्पनी दर्ता गरी ठूला र स्तरीय बस सञ्चालन ल्याउने तयारी मन्त्रालयले गरेको छ । यो लिमिटेडमा मन्त्रालय र उपत्यकाका २२ वटै नगरपालिकाको सेयर हुनेछ ।

काठमाडौ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख राज्यप्रकाश प्रधानांगका अनुशार बस सञ्चालनका लागि सरकारले दिएको ६८ करोड र नगरपालिकाको सेयरबापत जम्मा गरेको १० करोड रुपैयाँको कोष बनाइने छ । –कान्तिपुर दैनिकबाट

विशेष