अर्थ बैंकिङ

सानिमा र बागमती डेभलपमेन्ट बैंकबीच एकीकृत कारोवार सुरु, चुक्ता पुँजी ५ अर्ब ३० करोड पुग्याे

सानिमा र बागमती डेभलपमेन्ट बैंकबीच एकीकृत कारोवार सुरु, चुक्ता पुँजी ५ अर्ब ३० करोड पुग्याे
पुस – २९ । सानिमा बैंक लिमिटेड र बागमती डेभलपमेन्ट बैंकले एकीकृत कारोवार सुरु गरेका छन् । शुक्रबारबाट सानिमा बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गरेको हो । हरिवनमा आयोजित एकीकृत कारोवारको शुभारम्भ सानिमाका ब्य्रान्ड प्रवद्र्धक द्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) तथा सानिमा बैंकका संचालक समितिका सदस्य द्वय भरत कुमार पोखरोल र महेश घिमिरेले संयुक्त रुपमा गरेका हुन् । अब सानिमा बैंकको शाखा संजालमा हरिवन तथा लालबन्दी शाखाहरु पनि थपिएका छन् । सानिमा बैंकका संचालक समितिका सदस्यहरुले सानिमा बैंकले हरिवन र लालबन्दि शाखाबाट पनि सम्पूर्ण बित्तीय सेवा प्रदान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । समुद्घाटन समारोहमा मह जोडीले बैंक प्राप्ति कार्य सम्पन्न भएकोमा बैंकलाई बधाई ज्ञापन गरेका थिए । दुबै बैंकको एकीकृतपछि बैंकको चुक्ता पुँजी ५ अर्ब ३० करोड पुगेको छ । साथै, मेचीदेखि महाकालीसम्म शाखा संजाल ४३ वटा तथा ए.टि.एम संख्या ४९ वटा पुगेको छ ।

मह जाेडी सानिमा बैंक

विशेष