अपराध सुरक्षा

श्रीमतीको हत्या आरोपमा पक्राउ

श्रीमतीको हत्या आरोपमा पक्राउ
पुस - २९ । प्रहरीले श्रीमतीको हत्या आरोपमा भौनेली–५का देवेन्द्रबहादुर कुँवरलाई पक्राउ गरेको छ । देवेन्द्रले आफ्नी २४ वर्षीया श्रीमती देवकीलाई यही पुस २४ गते राति लठ्ठीले कुटपिट गरी हत्या गरेर २५ गते बिहान गाउँलेको सहयोगमा दाहसंस्कार गरेको प्रहरीले बताएको छ । आफूलाई जानकारी नगराई देवकीको दाहसंस्कार गरिएपछि माइती पक्षले प्रहरीलाई पुस २७ गते बेलुका घटनाबारे खबर गरेको थियो । माइतीको खबरका आधारमा देवेन्द्रलाई घरबाटै नियन्त्रणमा लिइएको र आज बुवा पदमसिंह कुँवरले जाहेरी दिएकाले थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए । रासस

विशेष