अपराध सुरक्षा समाज

ब्वायफ्रेन्डसँग मिलेर पतिको हत्या गरेपछि ...

ब्वायफ्रेन्डसँग मिलेर पतिको हत्या गरेपछि ...

माघ–१ । श्रीमान् वैदेशिक रोजगारीमा । श्रीमती देवरसँगै प्रेमचक्करमा । यही प्रेमचक्करले घर मात्र उजाडिएन, जेलको चिसो छिँडीमा पु र्‍यायो ।

करुनिया–२ का ३२ वर्षीय अभिनन्दन साह पैसा कमाउन विदेश लागे । उनकी श्रीमती शकुन्तला साह भने अभिनन्दकै काकाको छोरासँग प्रेममा परिन् । चार वर्षपछि अभिनन्दन घर फर्किए । तर, आफ्नै घरमा उनलाई काल कुरेर बसिरहेको थियो । वैदेशिक रोजगारीमा नजाने गरि घर फर्किएको चार महिनापछि उनको हत्या भयो ।

अभिनन्दन विदेशमै रहेका बेला श्रीमती शकुन्तला र अभिनन्दनका काकाको छोरा २५ वर्षीय पप्पु भनिने मनीषकुमार सुमनको माया बसेको थियो । अभिनन्दन फर्किएपछि शकुन्तला र मनीषबीच भेटघाट र कुराकानी हुन समस्या हुन थाल्यो र प्रेममा बाधा पार्न थालेपछि अभिनन्दनको हत्या भएको प्रहरीले जनाएको छ ।

उक्त हत्या श्रीमतीकै योजनामा आफ्नै भाइ तथा श्रीमतीका प्रेमी मनीषले गरेको प्रहरीको भनाइ छ । अवैध यौनसम्बन्धकै कारण हत्या भएको देखिएको रौतहटका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोख्रेलले जानकारी दिए ।

हत्याको आरोपमा श्रीमती शकुन्तला, मनीष र अर्का एकजनालाई प्रहरीले पक्राउ गरेको छ । तिनलाई भने प्रहरीले सार्वजनिक गरेको छैन । –नयाँ पत्रिकाबाट

विशेष