अर्थ

मध्यविन्दुको बजेट रु १५ करोडभन्दा बढी

मध्यविन्दुको बजेट रु १५ करोडभन्दा बढी
माघ–१ । नवलपरासी मध्यविन्दु नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४–०७५ का लागि रु १५ करोड ८३ लाख ५१ हजार को बजेट पारित गरेको छ । शुक्रबार आयोजित दोस्रो नगर परिषद्ले आन्तरिक आयतर्फ रु एक करोड ६० लाख, अनुदान तथा राजस्व बाँडफाँटबाट करिब रु ९ करोड २४ लाख र सामाजिक सुरक्षातर्फ रु पाँच करोडको बजेट पारित गरेको नगरपालिकाका कार्यकारी अधिकृत रामप्रसाद शर्माले बताए । बजेट बाँडफाँटअन्तर्गत आर्थिक सामाजिक एवम् भौतिक पूर्वाधार विकासका लागि करिब रु एक करोड ६६ लाख छुट्याइएको छ । त्यस्तै प्रवद्र्धनात्मक कार्यक्रमका लागि रु ४१ लाख ४० हजार र लक्षित वर्ग कार्यक्रमका लागि रु एक करोड ३८ लाख विनियोजित गरिएको छ । बजेट नगरपालिकाको पूर्वाधार विकास सँगसँगै सामाजिक सुरक्षाका क्षेत्रमा समेत केन्द्रित रहेको बताइएको छ । सो अवसरमा सांसद कृष्णप्रसाद पौडेलले नगरपालिकाको नीति, योजना, बजेट तथा कार्यक्रम सँगसँगै खोलानालाजन्य पदार्थको चोरी निकासी नियन्त्रण लागि समेत ध्यान दिनुपर्ने बताए ।  स्थानीय विकास अधिकारी युवराज कट्टेलले जिल्लामा कानुन विपरीतका काम हुन नदिने र राजस्वका वृद्धि लागि नदीजन्य पदार्थको चोरी निकासी नियन्त्रणका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् ।
त्रियुगाको बजेट साढे सत्र करोड उदयपुरकाे त्रियुगा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु १७ करोड ५६ लाख ९० हजार बजेट विनियोजन गरेको छ । शुक्रबार नगर परिषद्बाट प्रस्तुत बजेटमा नगरपालिकाको नयाँ भवन निर्माण, नगर क्षेत्रको सडक कालोपत्रे, नाला निर्माण, आदिवासी जनजाति, एकल महिला तथा अपाङ्गता सामाजिक सुरक्षाभत्ता, नगरका विभिन्न वडामा विद्युत् विस्तार जस्ता कार्यक्रम समेटिएको छ । नगर क्षेत्रका विद्यालयको भवन निर्माण, सरस्वती – फस्र्टे – लुहाले खोला नियन्त्रणसहितका तीन दर्जनभन्दा बढी विकासका योजना सञ्चालनका लागि बजेटमा विनियोजन गरिएको कार्यकारी अधिकृत भानुभक्त न्यौपानेले बताए । रासस

बजेट मध्यविन्दु नगरपालिका मध्यविन्दु नगरपालिका

विशेष