अपराध सुरक्षा

सुटकेसमा ‘फल्स बटम’ बनाइ लुकाएर ल्याएकाे चार करोड विदेशी रकमसहित तीन चिनियाँ नागरिक पक्राउ

सुटकेसमा ‘फल्स बटम’ बनाइ लुकाएर ल्याएकाे चार करोड विदेशी रकमसहित तीन चिनियाँ नागरिक पक्राउ
माघ – १ । करिब चार करोड विदेशी रकमसहित तीन चिनियाँ नागरिक पक्राउ परेका छन् । उनीहरुलाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको नागढुंगाबाट पक्राउ गरेको हो । पर्यटक स्कारपियो गाडीमा यात्रा गरिरहेका दुई जना महिला र एक पुरुष चिनियाँ नागरिक र गाडी चालक नेपाली नागरिकलाई चार करोड २६ लाख रुपैयाँ बराबरको विदेशी रुपैयाँसहित पक्राउ गरेको छ । उनीहरुका साथबाट उनीहरुको साथबाट दुई लाख ६० हजार अमेरिकी डलर, एक लाख १८ हजार युरो, केही अस्ट्रेलियन डलर, स्विस डलर र जापानी यनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले झोला र सुटकेसमा ‘फल्स बटम’ बनाई रकम लुकाएका थिए ।

चिनियाँ नागरिक

विशेष