पर्यटन

काभ्रेमा पनि सुरु हुने भयाे प्याराग्लाइडिङ

काभ्रेमा पनि सुरु हुने भयाे प्याराग्लाइडिङ
माघ - १ । पर्यटन उद्योगका लागि उर्वर मानिने काभ्रेपलाञ्चोकमा शनिबार प्याराग्लाइडिङको परीक्षण उडान भएको छ । कुशादेवी र रयाले क्षेत्रमा पर्ने गुर्दुमडाँडामा कुशादेवी सरोकार समाजको पहलमा सो परीक्षण उडान भएको हो । प्याराग्लाइडर लाक्पा दोर्जे शेर्पाले गत बिहीबार सो क्षेत्रमा एक्सट्रिम साइक्लिङ -याली गरेपछि पर्यटन प्रवद्र्धन गर्न प्याराग्लाइडिङको परीक्षण उडान गरिएको कुशादेवी क्षेत्र सरोकार समाजका सचिव पुरुषोत्तम अधिकारीले जानकारी दिए। फुल्चोकी नजिक भएको सो ठाउँबाट पूर्वमा कञ्चनजङ्घा र पश्चिममा माछापुच्छ्रे हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । सुन्दर दृश्यावलोकन गर्न सकिने भएकाले उक्त ठाउँमा प्याराग्लाइडिङको सम्भावना देखेका अधिकारीको भनाइ छ । प्याराग्लाइडिङको नमुना परीक्षणमा तीनवटा उडान गरिएको थियो । गुर्दुमडाँडाबाट भएको प्याराग्लाइडिङ उडान कुशादेवी बजार नजिक उतारिएको थियो । फुल्चोकी क्षेत्रमा हाइकिङका लागि सरकारले रु २० लाख बजेट छुट्याएको छ । सरकारी प्रक्रिया पूरा गरेको केही समयपछि प्याराग्लाइडिङको नियमित उडान हुने अधिकारीले बताए ।

Paragliding in Nepal

विशेष