नक्कली डलर दिएर १० लाख ठगी

माघ ३ । नक्कली अमेरिकी डलर दिएर भक्तपुरमा मेघनाथ दाहालको १० लाख रुपैयाँ ठगी भएको छ ।

भक्तपुरको चागुँनारायण नगरपालिका ५ गेलाल गाउँमा नचिनेका व्यक्तिलाई १० लाख रुपैयाँ दिएर १० हजार अमेरिकी डलर साटेका दाहाललाई नक्कली डलर दिएर ती व्यक्तिले ठगी गरेको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी निरीक्षक दिलबहादर सुवेदीले जानकारी दिए ।
ठगी गर्नेको खोजी भइरहेको प्रहरीले जानकारी दियो ।
नक्कली डलर