अपराध सुरक्षा

प्रतिबन्धित जडिबुटी पाँचऔले सहित जाजरकोटमा एक जना पक्राउ

प्रतिबन्धित जडिबुटी पाँचऔले सहित जाजरकोटमा एक जना पक्राउ

माघ ३ । प्रतिबन्धित जडिबुटी सहित एक डोल्पालीलाई जाजरकोटको प्रहरीले पक्राउ गरि आबश्यक कारबाहीका लागि जिल्ला बन कार्यालय जाजरकोटलाई बुझाएको छ । प्रतिबन्धित पाँचऔले जडिब’टी सहित नेपालगञ्ज तर्फ जादै गरेका डोल्पाली खगेनकोट–८ मैदेमा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा डोल्पाको नर्कु गाविस वडानं–१ का ६७ बर्षिय नामबहादुर बोहरा रहेको प्रहरी नायव उपरिक्षक भावेश रिमालले जानकारी दिए . तल्लावाट रिम्ना तर्फ जादै गरेको भे १ ज ५७६ नम्बरको यात्रु वाहक जिपबाट पक्राउ गरिएको हो ।

बोहराको झोला खानतलासी गर्दा तीन किलो प्रतिबन्धित पाँचऔले जडिबुटी फेला परेको प्रहरीले जनाएको छ । तीन किलो पाँचऔले सहित पक्राउ परेका बोहरालाई आईतवार नै जिल्ला प्रहरी कार्यालयमा पुर्याएर जिल्ला वन कार्यालय जाजरकोटको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Panch Aule

विशेष