३ दिनदेखि हराएकी युवती झुन्डिएको अवस्थामा भेटियाे, धम्की दिने युवक पक्राउ

माघ - ३ । कन्चनपुरको झलारी पिपलाडी नगरपालिका–४ की १७ वर्षीया बिन्दू भट्ट घरबाट हराएको तीन दिनपछि मृत अवस्थामा फेलापरकी छन् ।
घरनजिकैको सिसौ झाडीमा झुन्डिएको अवस्थामा सोमबार बिहान शव फेलापरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए ।
उनको आत्महत्या वा हत्या के भएको भन्नेबारे अनुसन्धान जारी रहेको उनले बताए । युवतीको घरमा फोन गरेर धम्की दिने दुलैका अरुण कुँवरलाई प्रहरीले पक्राउ गरी सोधपुछ गरेको छ । स्थानीय समाजसेवी विष्णुदत्त जोशीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रहरीलाई आग्रह गरेका छन् ।
suicide