बैंकिङ

प्रोफेशनल दियालो र लक्ष्मी बैंकबीच एकिकृत कारोबार शुरु

प्रोफेशनल दियालो र लक्ष्मी बैंकबीच एकिकृत कारोबार शुरु
माघ – ३ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत पत्र प्राप्त लक्ष्मी बैंक लिमिटेडले ‘ख’ वर्गको प्रोफेशनल दियालो विकास बैंक लिमिटेडलाई प्राप्ति गरेको छ । प्राप्तिपछि लक्ष्मी बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार शुभारम्भ गरेको हो । प्राप्ति पश्चात लक्ष्मी बैंकको ५ वटा नयाँ शाखा काभ्रेमा पाचँखाल र भकुन्डेबेसी, सिन्धुपालचोकमा चौतारा, भरतपुर चितवनमा हाकीम चोक र पोखरा, कास्कीमा चिप्लेढुङ्गामा थपिएका छन् । बैंकका ६४ वटा शाखा, २ विस्तार काउन्टर र ८० एटिएमबाट सेवा प्राप्त गर्न सकिने छ । केन्द्रिय कार्यालय लक्ष्मी बैंक लिमिटेडको हाल रहेको स्थान हात्तीसार, काठमाडौं नै कायम विज्ञप्तिमा बताइएको छ ।

Laxmi Bank

विशेष