पर्यटन

एकैपटक २३ जना सिकारु पाइलटहरूद्वारा ३३५६ मिटर उचाईबाट प्याराग्लाइडिङको सफल उडान

एकैपटक २३ जना सिकारु पाइलटहरूद्वारा ३३५६ मिटर उचाईबाट प्याराग्लाइडिङको सफल उडान
माघ – ३ । एकैपटक २३ जना प्याराग्लाईडिङ नेपाली विद्यार्थी पाइलटहरुले ३३५६ मिटर अग्लो उचाई मार्दी हिमाल नजिकको सिन्के डाँडाबाट प्याराग्लाइडिङको सफल उडान गरेका छन् ।  बाबु एड्भेन्चर्स स्कुलको आयोजनामा हाई अल्टिच्युट प्याराग्लाईडिङ तालिमको सिलसिलामा स्कुलको प्रशिक्षक दामोदर पराजुलीको प्रशिक्षण निगरानी र कृष्ण सुनुवारको सहयोगी नेतृत्वमा विद्यार्थी पाइलटहरुको टोलीले सफल उडान गरेका हुन् उक्त ठाउँबाट एकैपटक २३ जनाको जम्बो टिमले उडान भरेको यो नेपालमा पहिलोपटक हो । यस अघि पनि बाबु एड्भेन्चर्स स्कुलकै आयोजनामा ३२०० अग्लो माछापुच्छे गाबिस कोरचुङ डाँडाबाट २१ जनाले प्रमुख प्रशिक्षक सानो बाबु सुनुवारको नेतृत्वमा सफल उडान गरेका थिए । उक्त टिममा सहभागी एक बिद्यार्थी पाइलट बिमल पहारीले आफ्नो अनुभव बाड्दै भने – ‘एउटा भिन्दै अनुभव मलगायत सबै साथीहरुले गरौँ ।’ उनले थपे – ‘हामीले ३३५६ मिटर अग्लोबाट उडेर करिब १०५६ मिटर तल धिताल गाबिस लाचोक भेडाबारीमा सफल पूर्बक अवतरण गरेका थियौ ।’ यो तालिमबाट कसरी हाई अल्टिच्युटबाट उड्ने, कसरी अवतरण गर्ने, लगायतका धेरै नयाँ कुराहरु सिक्न पाएको सिकारु पाइलटहरुले बताउँछन् । एक सक्षम पाइलट बन्नको निमित्त हाइ अल्टिच्युट प्याराग्लाईडिङ कार्ष महत्वपूर्ण कोर्ष हो । नेपालको पहिलो प्याराग्लाइडिङ स्कुल बाबु एड्भेन्चर्स प्याराग्लाईडिङ स्कुलले बिगत केहि समय यतादेखि प्याराग्लाइडिङसम्बन्धि सम्पूर्ण कोर्षहरु स्वरेक १ स्याङजामा उपलब्ध गराउँदै आएको छ ।

प्याराग्लाइडिङ

विशेष