अपराध सुरक्षा

सुन तस्करीको सेटिङ मिलाउन अर्थमन्त्रीले विमानस्थलमा आफ्ना कर्मचारी खटाएका रहेछन्

सुन तस्करीको सेटिङ मिलाउन अर्थमन्त्रीले विमानस्थलमा आफ्ना कर्मचारी खटाएका रहेछन्

माघ ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार र रसुवाको केरुङ नाकाबाट ठूलो परिमाणमा अवैध सुन ओसारपसार हुँदै आएको छ । २०७३ पुस २१ गते त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट तस्करी गरेर ल्याएको ३३ किलो सुन नेपाल प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरो सीआइबीले बरामद गरेपछि धेरै कुराहरु खुल्न थालेका छन् । ३३ किलो सुन बरामद भएको एक साता भरमै रसुवा नाकाबट आएको १५ किलो सुन पुस २९ गते महानगरीय प्रहरी वृत्त बालाजुले बरामद गरेको छ । यसअघि बौद्ध प्रहरीले मंसिर २८ गते मोटरसाइकल जाँच गर्ने क्रममा १० किलो सुनसहित वीरेन लामा पक्राउ परेका थिए । त्यसलगत्तै पुस १४ गते नै हाइलक्स गाडीमा लुकाएर ल्याएको अवस्थामा महानगरीय अपराध महाशाखाले ७ किलो सुन कलंकीबाट बरामद गरेको थियो ।

यो सुन बरामदको घटनाले नेपालमा दैनिक सयौं किलो सुन रसुवा र विमानस्थल भन्सारबाट तस्करी भइरहेको देखाउँछ । गत साउन २० गते अर्थमन्त्रीको शपथ लिएलगत्तै कृष्णबहादुर महराले सुन भित्रने मुख्य नाका त्रिभुवन विमानस्थल भन्सार कार्यालय र रसुवागढी भन्सार कार्यालयमा आफू अनुकूल कर्मचारी सुरुवा गरेका थिए । ती दुई नाकाबाट भित्रिएको सुन काठमाडौंबाट भैरहवा भन्सार हुँदै भारत पुर्याउँने सेटिङ मिलाइएको रहस्य खुल्न थालेको छ । जसका लागि भैरहवा भन्सारमा पनि मन्त्री महराले आफ्नै पार्टी निकट उपसचिव र अधिकृतलाई सरुवा गरेका थिए । राजस्व अनुसन्धान विभागमा सुन तस्करीको सेटिङ गर्ने गरी एक अनुसन्धान अधिकृतलाई सरुवा पनि रद्द गरी राखिएको खुलासा भएको छ । –दृष्टि साप्ताहिकबाट

विशेष