अर्थ

कतार एयरले फ्रान्समा बजार विस्तार गर्दै

कतार एयरले फ्रान्समा बजार विस्तार गर्दै

माघ ४ । कतार एयरवेजले फ्रान्समा ‘कतार एयरवेज प्रिमियम लञ्ज’ नामक योजना सार्वजनिक गरेको छ । उक्त योजनाको उद्घाटन फ्रान्सको पेरिसस्थित चाल्र्स दि गाल एयरपोर्ट (सीडीजी) मा कम्पनीका प्रमुख अकबर अल बकिरले गरेका हुन् ।

कतारी राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी कतार एयरवेजले फ्रान्समा बजार विस्तारका लागि उक्त योजना सार्वजनिक गरेको विज्ञप्तिमार्फत बताएको हो । यो योजनाअन्तर्गत यात्रुहरूले विभिन्न किसिमका स्तरीय सेवा तथा सुविधा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।

सो अवसरमा कम्पनीका प्रमुख बकिरले एयरवेजले सन् २०१७ को जुलाई महीनाको ४ तारिकबाट फ्रान्सको अर्को शहर नाइसका लागि उडान भर्ने जानकारी दिएका छन् । उनका अनुसार यो उडान एयरवेजको हव स्टेशन हमादबाट सीधै नाइसका लागि हुने र उडान बोइङ ८७८ बाट हुनेछ । दोहाबाट नाइसका लागि दैनिक एक उडान र नाइसबाट दोहाका लागि समेत एक उडान भरिने  छ ।

qatar airways

विशेष