अपराध सुरक्षा

सुमो धनी खड्कालाई गोली हानी आगो लगाइ जलाउने २ पक्राउ, मुख्य याेजनाकारकाे खाेजी जारी

सुमो धनी खड्कालाई गोली हानी आगो लगाइ जलाउने २ पक्राउ, मुख्य याेजनाकारकाे खाेजी जारी
माघ – ४ । झापा लखनपुरका सुमो धनी तथा चालक विशाल खड्काको हत्या अभियोगमा रामेछाप प्रहरीले २ जनालाई सार्वजनिक गरेको छ । रामेछाप जिल्लाको मझुवा गाउँ विकास समिति १ को निगालपानीमा करिव २ महिना अघि भएको रहस्मय सुमो आगलागिको घटनामा संलग्न २ अभियुक्तलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले तेह्रथुम पौठाक ४ डाडागाउँका २६ बर्षका मन कुमार लिम्बु र रसुवा जिल्ला सरनथली ४ की १८ बर्षकी बिन्दु तमाङलाई पक्राउ गरेको हो । घटनामा संलग्न र घटनाका योजनाकार भने अझै फरार रहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । मंसिर ८ गते सुमो आगजनीमा झापा जिल्ला लखनपुर गाविस १ पाडाजुगीका २७ बर्षिया सुमो चालक विशाल खडकाको मृत्यु भएको थियो । प्रहरीका अनुसार ३ जना मिलेर खड्काको सुमो उनीहरुले भाडामा लिएका थिए । सुमो खड्का आफैंले चलाएका थिए । उनीहरुले मंसिर ७ गते सुमो रिजर्भ गरि काठमाडौँबाट रसुवा गएका थिए । भोलिपल्ट उनीहरु हेटौंडाको बाटो हुदैँ रामेछाप पुगेका थिए । रामेछापको मझुवा १ निगलपानीमा उनीहरुले खड्कालाई गोली हानी आगो लगाइ जलाएका थिए । घटनाका मुख्य योजनाकार फरार रहेको र उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक कुमोद ढूंगेलले बताए । घटनाको झण्डै २ महिना पछि झापाको दमक नगरपालिका १० मा डेरा गरेर बस्ने उनीहरुलाई पक्राउ गरेको हो । अपराधी पहिचानका लागि डिएसपी ढुंगेलले आफैँ लागेका थिए ।

विशाल खड्का हत्या

विशेष