अपराध सुरक्षा

विश्व प्रहरी संगठन इन्टरपोलको क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

विश्व प्रहरी संगठन इन्टरपोलको क्षेत्रीय सम्मेलन काठमाडौंमा सुरु

माघ ५ । विश्व प्रहरी संगठन इन्टरपोलको क्षेत्रीय सम्मेलनमा नेपालमा सुरु भएको छ । नेपाल प्रहरीको आयोजनामा इन्टरपोलको एसिया प्यासेफिक सम्मेलन आजबाट काठमाडौंको हायात होटलमा सुरु भएको हो ।

३ दिन सम्म चल्ने उक्त सम्मेलनमा एशियाका ५० देशका इन्टरपोल प्रमुख सहभागी हुन नेपाल आइपुगेका छन । सन् २०१६ मा इन्डोनेशियाको बालीमा भएको विश्व सम्मेलनले इन्टरपोलको अध्यक्षमा चीनका मेङ हङवईलाई चयन गरेको थियो । इन्टरपोलको अध्यक्षमा चयन भएपछि उनको पहिलो विदेश भ्रमण नेपालमा हुन लागेको छ ।

सम्मेलनमा एशिया प्यासिफिकमा भैरहेको आतंकवाद नियन्त्रणको प्रयास, मानव वेचविखनको अवस्था, संगठित अपराध र साइबर अपराध लगायतका विषयहरुमाथि छलफलको विषय हुने जनाइएकाे छ ।

Interpole

विशेष