अपराध सुरक्षा

हतियारधारी समूहद्वारा पेस्तोल देखाइ उद्योगमा लुटपाट

हतियारधारी समूहद्वारा पेस्तोल देखाइ उद्योगमा लुटपाट
माघ - ५ । नकाब लगाएका हतियारधारी समूहले सुनसरीको दुहवीभलुवा नगरपालिका–४ मा रहेको अग्रहरी प्रभात फुट प्रोडक्ट उद्योगबाट रु ७८ हजार नगद पाँचथान मोबाइल र एकथान क्राइम कन्ट्रोल क्यामेरा मंगलबार लुटेर लगेका छन् । अनुहार ढाक्ने गरी नकाब लगाएर आएका चारजनाको समूहले उद्योगमा हुलहुज्जतसँगै पेस्तोल देखाइ पसेर उद्योगका प्रबन्धक जीतु अग्रहरीलाई नियन्त्रणमा लिइ आक्रमण गरेको र त्यहाँ भएको पैसा मोबाइल र क्राइम कन्ट्रोल क्यामेरासमेत लुटेर लैजान सफल भएको बाताइएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको बताउँदै इलाका प्रहरी कार्यालय दुहवीले लुट्न आएका सबैले नकाब लगाएको र सो स्थानमा भएको क्राइम कन्ट्रोल क्यामेरासमेत लुटेरा समूहले लगेका कारण लुटेराको पहिचान गर्न गाह्रो भएको भएपनि प्रहरीले खोजतलास जारी राखेको बताएको छ । लुटेरा समूहको आक्रमणबाट घाइते भएका प्रबन्धक जीतु अग्रहरीको स्थानीय उपचार केन्द्रमा उपचार गरिएको पनि इलाका प्रहरी कार्यालय दुहवीले जानकारी दिएको छ ।

हतियारधारी

विशेष