अपराध सुरक्षा

इन्टरपोलको क्षेत्रिय सम्मेलन काठमाडौंमा जारी, कसले के भने

इन्टरपोलको क्षेत्रिय सम्मेलन काठमाडौंमा जारी, कसले के भने

माघ ६ । प्रधानमन्त्री पुष्पकमल दाहालले संगठित अपराध एसियाली मुलुकहरूको सामूहिक समस्या बन्दै गएको भन्दैे सीमावर्ती अपराध, साइबर क्राइमलगायतका संगठित अपराधहरूको नियन्त्रणमा एसियाली मुलुकबीच सामूहिक सहकार्य हुनुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन ९इन्टरपोल० को २३आैं एसिया क्षेत्रीय सम्मेलनको उद्घाटन सत्रमा उनले संगठित अपराध सामूहिक समस्या भएकाले नियन्त्रणमा पनि सामूहिक पहलको आवश्यकता औंल्याएका हुन् ।

‘प्रविधिको विकाससँगै कानुन कार्यान्वयन गर्ने निकायलाई थप शान्तिसुरक्षा व्यवस्थापनमा चुनौती बढेको छ,’ प्रधानमन्त्री दाहालले भने, ‘प्रविधिको दुरुपयोग गरी अपराध गर्ने क्रियाकलाप नियन्त्रण गर्न सम्मेलनबाट समाधानको उपायहरूसमेत निस्कने अपेक्षा गरेको छु ।’

प्रविधिको विकाससँगै कुनै एक स्थानमा बसेर हुने अपराधबाट विश्व नै प्रभावित हुने खतरा रहेको उनको भनाइ छ । उनले विश्वव्यापी रूपमा फैलिएको आतंकवादसँगै प्रविधिको माध्यमबाट हुने खतरा चुनौतीपूर्ण रहेको धारणासमेत राखे । सम्मेलनले मानवअधिकारको संरक्षण तथा संवद्र्धन गरी संगठित अपराध नियन्त्रणमा आ–आफ्नो अनुभव एकआपसमा आदानप्रदान गरी आगामी दिनमा कानुन कार्यान्वयनमा महत्वपुर्ण भूमिका खेल्ने विश्वास लिए ।

कार्यक्रममा इन्टरपोलका अध्यक्ष मेङ होङवीले इन्टरपोलसँग आबद्ध विभिन्न राष्ट्रहरूले आ–आफ्नो राष्ट्रमा अपराध नियन्त्रणमा गरेका प्रयासहरू तथा अनुभवहरू एकआपसमा साटासाट गर्न सम्मेलनले महत्वपुर्ण भूमिका खेल्ने बताउँदै वर्तमान अवस्थामा संगठित अपराध, आतंकवाद तथा साइबर क्राइमजस्ता अपराध नियन्त्रणमा देखिएका चुनौतीहरूको समाधानका लागि सम्मेलन फलदायी हुने दाबी गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले सम्मेलनमा सहभागी राष्ट्रका प्रतिनिधिहरूलाई क्रियाशील भएर संगठित अपराध तथा वर्तमान अवस्थामा अपराध नियन्त्रणमा देखिएका चुनौतीहरूको पहिचान गरी त्यस्ता अपराधहरूको नियन्त्रणका लागि कानुन कार्यान्वयन गर्ने निकायहरू ऐक्यबद्ध भई अगाडि बढ्नुपर्ने बताए । संगठित अपराधको कुनै पनि सीमा नहुने बताउ“दै गृहमन्त्री निधिले समाजमा शान्तिसुरक्षा कायम गर्न मानवअधिकारको संरक्षण तथा संवद्र्धन गरी कानुन कार्यान्वयन तथा शान्ति स्थापना कायम गर्न सम्मेलनमा सहभागी प्रतिनिधिहरूले आपसमा आफ्ना विचारहरू साटासाट गर्दा फलदायी हुनेमा जोड दिए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले इन्टरपोलमा आबद्ध एसियाका देशहरूबीच आतंकवाद, संगठित अपराध, साइबर क्राइम, आर्थिक अपराधजस्ता अपराध नियन्त्रण गर्न एकआपसमा सहयोग तथा सहकार्य आवश्यक रहेको र त्यस्ता अपराध नियन्त्रणका लागि एकआपसमा प्रविधि तथा सूचनाहरू आदानप्रदान गर्नसमेत सम्मेलनले महत्वपुर्ण भूमिका खेल्ने बताए । उनले मानव बेचबिखनमा देखिएका चुनौती र अवस्थाबारे नेपालका तर्फबाट कार्यपत्र प्रस्तुत गर्नेसमेत जानकारी दिए ।

विभिन्न ३३ राष्ट्रका १ सय ३२ प्रतिनिधि सहभागी तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा मानव बेचबिखन, बालबालिकाविरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरू, आतंकवाद, साइबर अपराध, वन्यजन्तुसम्बन्धी अपराधका विषयमा छलफल हुनेछ ।

सम्मेलनमा नेपाल प्रहरीले दुईवटा  प्रतिवेदन पेस गर्ने भएको छ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी र केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले वन्यजन्तुको अंगहरूको तस्करीसम्बन्धी प्रतिवेदन पेस गरी त्यसमाथि छलफल हुने भएको छ ।

नेपालले यसका अतिरिक्त इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी भएका नेपाली अभियुक्तलाई नेपाल फर्काउने विषयमा पनि सम्बन्धित देशका प्रहरी अधिकारीहरूसँग छलफल गर्ने भएको छ । ५५ देशमा प्रहरी अधिकारीहरू नेपाल आएका बेला नेपाल प्रहरीका वरिष्ठ अधिकारीहरूले पनि नेपालबाट अपराध गरी भागेर विदेश बसेका नेपाली तथा विदेशी नागरिकलाई कारबाहीको दायरामा ल्याउने बारेमा छलफल गर्नेछन् ।

Interpole

विशेष