अपराध सुरक्षा

न्यायाधीश नियुक्तिमा कारण देखाऊ आदेश

न्यायाधीश नियुक्तिमा कारण देखाऊ आदेश
माघ - ६ । सर्वोच्च अदालतले उच्च अदालतका ८० न्यायाधीशको नियुक्तिका सम्बन्धमा परेको मुद्दामा बिहीबार न्याय परिषद्लाई कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले परिषद्लाई ती न्यायाधीशको नियुक्तिका सम्बन्धमा अन्तरिम आदेश दिन नपर्ने भने पनि नियुक्तिको कारण देखाउन आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । मुद्दालाई अग्राधिकार दिई पेस गर्न परिषद्लाई आदेशसमेत दिइएको छ । बुधबार अधिवक्ताद्वय तोयनाथ ढुङ्गाना र प्रकाशकुमार काफ्लेले उच्च अदालतमा नियुक्त भएका न्यायाधीश समावेशी नभएको जिकिर गर्दै अन्तरिम आदेश माग गरी रिट निवेदन दर्ता गराएका थिए ।परिषद्को २८ पुसको बैठकले सात उच्च अदालतका न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो ।

Adalat सर्वोच्च अदालत

विशेष