अर्थ

लक्ष्मी बैंकको शाखा अब पुरानो बानेश्वरमा पनि

लक्ष्मी बैंकको शाखा अब पुरानो बानेश्वरमा पनि

माघ ७ । लक्ष्मी बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा काठमाडौँको पुरानो बानेश्वरमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएकोे छ ।

यस शाखा पश्चात् काठमाडौँमा लक्ष्मी बैंकको १६ वटा शाखाहरु भएका छन् ।

लक्ष्मी बैंकको शाखा संजाल अब ६५ र ८१ ए।टि।एम। पुगेको छ । यी शाखाहरुका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रादन गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीतिअनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।

Laxmi Bank

विशेष