अर्थ बैंकिङ

मेगा र टुरिजम् डेभलपमेन्ट बैंक आपसमा गाभिने, शेयर अनुपात १००: ९५ तय

मेगा र टुरिजम् डेभलपमेन्ट बैंक आपसमा गाभिने, शेयर अनुपात १००: ९५ तय

माघ – ७ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम् डेभलपमेन्ट बैंक बीच एक आपसमा गाभ्ने/गाभिने सैद्धान्तिक सहमति भएको छ । मेगा बैंक सञ्चालक समितिका अध्यक्ष भोज बहादुर शाह र टुरिजम्का सञ्चालक समितिका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले सैद्धान्तिक सहमतिपत्रमा हस्तार गरेका हुन् । मेगा बैंकका अध्यक्ष शाहले सहमति बमोजिम मर्जर पश्चात् बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड नै कायम रहने बताए । अन्तिम शेयर मेघा बैंक र टुरिजम् डेभलपमेन्ट बैंकको शेयर आदान प्रदान अनुपात १०० ः ९५ तय गरिएको छ । साथै मेगा बैंकका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले नै मर्जर पछिको संस्थामा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको रुपमा निरन्तरता पाउने जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । मेगा बैंकको हालको चुक्ता पुँजी रु. ४ अर्ब १ करोड, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या ४० तथा ४७ वटा एटिएमहरु रहेका छन् । त्यस्तै टुरिजम् डेभलपमेन्ट बैंकको हालको चुक्ता पुँजी ९१ करोड ९७ लाख, १ एक्स्टेन्सन काउण्टर सहित शाखा संख्या २३ तथा १२ वटा एटिएमहरु रहेको मेगा बैंकका सिईओ अनिल केशरी शाहले बताए । आगामी साधारण सभाले स्वीकृत गरेको खण्डमा मेगा बैंकको सञ्चालक समितिले २०७२/७३ सम्मको वितरण योग्य सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजीमा १३.९५% बोनस शेयर जारी गर्ने सिफारिश गरेको उनले बताए । त्यस्तै टुरिजम् डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजी रु. ९१ करोड ९७ लाखमा १८.६०% बोनस शेयर प्रस्ताव गरेको छ । हालै मात्र टुरिजम् डेभलपमेन्ट बैंकले मातृभूमि बिकास बैंक र कालिन्चोक डेभलपमेन्ट बैंकलाई प्राप्ती गरी २४ पौष २०७३ बाट संयुक्त कारोबार सञ्चालन गरेको छ । सिईओ शाहले दुबै बैंकको शेयर रोक्काको प्रकृया अघि बढाइएको र यथाशिघ्र नेपाल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दर्ता गराइने बताए ।

Mega Bank Nepal Tourism Development Bank

विशेष