मेगा बैंक र टुरिजम बैंक मर्ज

माघ ९ । मेगा बैंक नेपाल लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक एक आपसमा गाभ्नेरगाभिने भएका छन् । दुवै बैंकबीच मर्जरको सैद्धान्तिक सहमति भएको छ ।
सैद्धान्तिक सहमतिपत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र टुरिजम डेभलपमेन्ट बैंकका अध्यक्ष प्रा.डा. पुष्पराज कँडेलले हस्ताक्षर गर्नु भएको छ ।
मर्जरपछि बैंकको नाम मेगा बैंक नेपाल लिमिटेड र अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रहने सहमति भएको छ । त्यस्तै अन्तिम शेयर आदान–प्रदान अनुपात डिडिए प्रतिवेदनका आधारमा फरक पर्न सक्ने गरी हाललाई मेगा बैंकको १०० शेयर बराबर टुरिजम डेभलपमेन्ट बैंकको ९५ शेयर तय गरिएको छ ।
Mega Bank Tourism Bank