अपराध सुरक्षा

एटिएमबाट पैसा चोरी गर्ने २ भारतीय पक्राउ

एटिएमबाट पैसा चोरी गर्ने २ भारतीय पक्राउ

माघ १० । एटीएम कार्डबाट अनाधिकृत रुपमा रकम निकाली ठगी गरेको आरोपमा दुईजना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतका निरञ्जन मेहता र ईक्तेदार खान छन् । उनीहरुले काठमाडौं उपत्यकाका कमलादी, माछापोखरी, भोटाहिटी, महाराजगञ्ज र अनामनगर लगायत २० स्थानमा विभिन्न बैंकका एटीएम बुथहरुबाट रकम निकालेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरुले ३० जना ग्राहकको ६ लाखभन्दा बढी रकम निकालेको पाइएको छ । ठमेलको एक होटलबाट पक्राउ परेका उनीहरुको साथबाट एटीएम कार्ड, नगद र मोवाइल फोन बरामद गरिएको प्रहरीले जनाएको छ ।

ATM chori

विशेष