पर्यटन

प्याराग्लाइडिङ दुर्घटनामा विदेशी पाईलटको मृत्यु

प्याराग्लाइडिङ दुर्घटनामा विदेशी पाईलटको मृत्यु
माघ - १०  । पोखरामा एक जना विदेशी सोलो प्याराग्लाइडिङ पाईलटको मृत्यु भएको छ । आइतबार दिउँसो प्याराग्लाइडिङ दुर्घटनामा बेलायती नागरिक ६८ वर्षीय मिचेल पिटर ब्ल्यानचार्डको ज्यान गएको हो । कास्कीको सराङकोटबाट उडेका उनी उड्ने क्रममा अनियन्त्रित भई रुखमा ठोक्किँदा गम्भीर घाइते भएका थिए । उनको तत्कालै उद्धार गरेर पोखराको मेट्रोसिटी अस्पतालमा उपचारका लागि ल्याइए पनि उपचारका क्रममा राति मृत्यु भएको हो । बेलायतबाट २१ जनवरीमा काठमाडौँ आएका पिटर २२ तारिखमा नेपाल नागरिक उड्डयन कार्यालय पोखराबाट सोलो प्याराग्लाईडिङको अनुमति लिएका थिए । पिटरको पासवोर्ड नम्बर ५१२८७६२६४ रहेको छ । उनको शव हाल पोष्टमाटको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ । यस अघि पोखरामा विदेशी तथा स्वदेशी ६ जना भन्दा बढी सोलो प्याराग्लाईडीङ पाईलटहरुको मृत्यु भएको छ ।

paragliding accident

विशेष