अपराध सुरक्षा

नेपालगन्ज: काउसो दलेर ३ लाख ६५ हजार लुटपाट

नेपालगन्ज: काउसो दलेर ३ लाख ६५ हजार लुटपाट
माघ – १० । नेपालगन्जमा एक व्यक्तिलाई काउसो दलेर लुटपाट गरिएको छ । सुर्खेतरोडस्थित धम्बोझीमा रहेको सिद्वार्थ बैङ्कबाट बागेश्वरी ह्यूमपाइप उद्योगमा कार्यरत दिनेश कँडेलको ३ लाख ६५ हजार रुपैयाँ लुटिएको हो । उनले पैसा झिकेर कालो झोलामा राखेर बाहिरिने क्रममा कसैले काउसो जस्तो चिलाउने वस्तु शरिरमा हालिदिएपछि सहन नसकेर मोटरसाईकलमा आफू झोला राखेर शरीर कन्याउन लाग्दा मोटरसाईकलमा आएका ब्यक्तिले झोला लिएर गएको बयान दिएका छन् । कँडेलले नेपालगञ्जको पुष्पलाल चौकबाट एकजनासँग एकलाख रुपैयाँ लिएर थप रकम झिक्नका लागि बैङ्कमा गएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक राजेन्द्र गौतमले जानकारी दिए । कँडेलले बैङ्कबाट २ लाख ५० हजार रुपैयाँ झिकेको देखिएको छ । प्रहरीले बैङ्कमा रहेको सिसिटिभी फुटेजका आधारमा घटनाको अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले घटनाका समयमा देखिएका व्यक्तिसँग समेत सोधपुछ भइरहेको जनाएको छ ।

lutpat

विशेष