चोरी र वन मुद्दामा फरार दुई पक्राउ

माघ - १० । चोरी र वन मुद्दामा कैद तथा जरिवानाको सजाय पाई फरार रहेका दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।
चोरी मुद्दामा फरार अत्तरिया नगरपालिका–१२का जगुराम चौधरी र वन मुद्दामा फरार साबिक फुलबारी गाविसका अन्तराम डगौरालाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
१३ दिन कैद र ३६ हजार रुपैयाँ जरिवानाको सजाय पाएर फरार चौधरी र वन मुद्दामा एक महिना कैद र ६८ हजार आठ सय ८५ हजार जरिवानाको सजाय पाई फरार डगौरालाई पक्राउ गरी तोकिएको कैद भुक्तानका लागि सोमबारै कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फरार