अपराध सुरक्षा अर्थ

सुन तस्करीको जरा न्युरोडका सुन पसलतिर देखियो

सुन तस्करीको जरा न्युरोडका सुन पसलतिर देखियो

माघ ११ । सुन तस्करीको आरधोपमा पक्राउ परेका काभ्रका रामहरि कार्की दोहोरी साँझका संचालक भएको खुलेको छ । विमानस्थलबाट भित्रिएको साढे ३३ किलो सुन तस्करीको आरोपमा सिआइबीले उनलाई दुई साता अघि पक्राउ गरेको थियो ।

कार्की उत्तरढोकास्थित दरबार दोहोरीका संचालक हुन् । त्यही दोहोरी सँझ तस्करीको प्रमुख अखडा थियो । दोहोरी साँझमा सुन ल्याएर त्यहाँबाट विभिन्न सुन पसलहरुमा पुग्ने गरेको प्रहरीले जनाएको छ ।

विमानस्थलमा सेटिङ मिलाएर सुन तस्करी गर्ने गिरोहका कार्की उच्चस्तरका व्यक्ति हुन् । प्रहरी स्रोतका अनुशार गोपालबहादुर शाही सन्तोष काफ्ले र दिनबन्धु थापाले विदेशबाट ल्याएको सुन उनै कार्कीलाई दिने गरेका थिए । कार्कीले न्यूरोडका सुन पसलमा बिक्री गर्दै आएका थिए । –दृष्टि साप्ताहिकबाट

विशेष