अपराध सुरक्षा

सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण फेसबुकमा !

सामूहिक बलात्कारको प्रत्यक्ष प्रशारण फेसबुकमा !
माघ ११ । सोसल नेटवर्किङ साइट फेसबुकले प्रयोगमा ल्याएको ‘लाइभ स्ट्रिमिङ’ को दुरुपयोग बढ्दै गएको छ । स्वीडेनमा आइतबार सामूहिक बलात्कारको दृष्य फेसबुकमा ‘लाइभ’ भएपछि कयौंले फेसबुकको यो ‘बटन’ को दुरुपयोग बढ्न थालेकोमा चिन्ता गरेका छन् । समाचार एजेन्सीहरुका अनुसार स्वीडेनको राजधानीबाट करिब एक घण्टाको दुरीमा रहेको उप्पसालामा आइतबार तीन युवकले एक युवतीको सामूहिक बलात्कार गरेका थिए । बलात्कारीले बलात्कारको दृष्य फेसबुकमा प्रत्यक्ष प्रशारणसमेत गरेका थिए । भिडियो हेरेकी एक महिलाले प्रहरीलाई जानकारी गराएपछि तत्काल घटनास्थल पत्ता लगाइ खटिएको प्रहरी टोलीले तीन बलात्कारीलाई घटनास्थलबाटै पक्राउ गरेको थियो । प्रहरीले पीडित युवतीको उद्धार गरी उपचारका लागि अस्पताल लगेको छ । प्रहरीका अनुसार गिरफ्तार गरिएका तीन युवाको उमेर १९ देखि २५ वर्षसम्म रहेको छ । पीडित युवती र बलात्कारीको पहिचान प्रहरीले खुलाएको छैन । फेसबुकमा सामूहिक बलात्कारको दृष्य २ सयजना भन्दा बढीले हेरेको प्रहरीले जनाएको छ

Faceboo Rape

विशेष