अपराध सुरक्षा

सीसी क्यामेरा तोडफोट गरी चोरी गर्ने गिरोह पक्राउ

सीसी क्यामेरा तोडफोट गरी चोरी गर्ने गिरोह पक्राउ

माघ – ११ । सीसी क्यामेरा तोडफोड गरी चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । चोरी गर्ने गिरोह मध्येका दुई जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका नयाँ बानेश्वर सुकुम्बासी टोलमा बस्दै आएका २२ वर्षीय अशोक गिरी र रामेछाप खिम्ति ५ घर भई सिनामंगल बस्दै आएका २३ वर्षीय टंक बहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले ललितपुर जिल्लाका विभिन्न स्थानहरूमा मुखमा मास्क लगाई घरभित्र प्रवेश गरि सीसी क्यामराहरू भए नभएको हेर्दै सुरूमा सि.सि क्यामरा देखेर तोडफोड गरि सुन चाँदिका गरगहना, नगद, मोबाईल र ल्यापटप समेतका धनमाल चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।

चोरी

विशेष