अपराध सुरक्षा

प्रेमीसँग जवरजस्ती छुट्याउन खोज्दा प्रेमिकाद्वारा प्रहरी कार्यालयभित्रै विष सेवन

प्रेमीसँग जवरजस्ती छुट्याउन खोज्दा प्रेमिकाद्वारा प्रहरी कार्यालयभित्रै विष सेवन
माघ - १० । प्रेमीसँग जवरजस्ती छुट्याउन खोज्दा एक प्रेमीकाले मंगलवार जिल्ला प्रहरी कार्यालय सप्तरी भित्रै विष सेवन गरी आत्महत्याको प्रयास गरेकी छिन् । सप्तरीको शम्भुनाथ नगरपालिका १० रामपुर जमुवा गाउँ वस्ने १८ वर्षिया गुप्ता थरकी किशोरीले कार्यालयको शौचालय भित्रै पसेर विष सेवन गरेको एसपी दिवेश लोहनीले बताए । अभिभावकको सहमति विना स्थानीय २० वर्षिय दिपु शर्मासँग भागेपछि सोधपुछका लागि दुवैलाई प्रहरी कार्यालयमा झिकाइएको थियो । विवाहका लागि केटीको उमेर नपुगेपछि दुवै पक्षका अभिभावकको सहमतिमा छुट्याउने प्रयास भएपछि उनले यस्तो कदम उठाएको लोहनीको भनाई छ । प्रेमीसँग छुट्टिने निश्चित देखिएपछि ‘पिशाव लाग्यो’ भन्दै शौचालयमा छिरेकी उनले साथमै रहेको विषादी सेवन गरेकी थिइन् । उनलाई प्रहरीको सहयोगमा तत्कालै स्थानीय गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल पुर्याए पनि उपचार हुन नसकेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको सो अस्पातालले जनाएको छ ।

Poison आत्महत्या

विशेष