अपराध सुरक्षा

विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी

विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी
माघ - ११ । महोत्तरीको गौशालामा भएको एक विवाह समारोहमा डेढ दर्जनभन्दा बढी मोबाइल चोरी भएको घटना मंगलबार सार्वजानिक भएको छ । गौशाला–७ का निशान्त साहको बहिनी रोजी साहको गएको आइतबार भएको विवाह समारोहमा १९ वटा विभिन्न कम्पनीका मोबाइल चोरी भएको हो । विवाहमा सरिक भएका अतिथि एवम् आफन्तहरु राती सुतेको मौका छोपी मोबाइल क्रमिक रुपमा चोरी भएको पीडित निशान्तले बताए । विभिन्न व्यक्तिका गरी चोरी भएका मोबाइल झण्डै चार लाख रुपैयाँ बराबरको रहेको उनले जानकारी दिए । घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए।

मोबाइल चोरी

विशेष