अपराध सुरक्षा

चितवन मेडिकल कलेजका अध्यक्ष न्यौपानेमाथि आक्रमण

चितवन मेडिकल कलेजका अध्यक्ष न्यौपानेमाथि आक्रमण
माघ - ११ । चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक डा. हरिश्चन्द्र न्यौपानेमाथि मंगलबार साँझ आक्रमण भएको छ ।मेडिकल कलेजबाट बाहिरिनेक्रममा मोटरसाइकलमा आएका युवाले नमस्ते गरी गाडी रोकेर क्रिकेटको स्ट्यामले सिसामा प्रहार गरेको न्यौपानेले बताए । स्ट्यामले लागेर डा. न्यौपाने चढेको बा१४च ७५६४ नम्बरको गाडीको अगाडिको सिसा फुटेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए । सिसाको टुक्राले शरीरमा लागेको भएपनि डा. न्यौपाने र गाडीचालक सकुशल रहेको थापा भनाइ छ। मोटरसाइकलमा आएका युवाले गाडी रोकेर आक्रमण गरी पूर्वतर्फ भागेको डा. न्यौपानेले बताए । दुईओटा मोटरसाइकलमा चारजना युवा आएको प्रहरीको अनुमान छ । घटनालगत्तै प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठको नेतृत्वमा आक्रमणकारीको खोजी भइरहेको प्रहरी उपरीक्षक थापाले बताए । आक्रमणको कारण खुल्न सकेको छैन । घटनाको साँझसम्म कसैले जिम्मेवारी लिएको छैन ।

चितवन मेडिकल कलेज

विशेष