अपराध सुरक्षा

प्रहरी भन्छ, ‘काठमाडौंका आधा मान्छेहरु मध्ये कोही ठग, कोही ठग पीडित

प्रहरी भन्छ, ‘काठमाडौंका आधा मान्छेहरु मध्ये कोही ठग, कोही ठग पीडित

काठमाडौं ठगहरुको राजधानी बन्दै गएको छ । प्रहरीका अधिकारीहरु भन्छन्,– काठमाडौंमा बसोबास गर्ने आधा मान्छेहरु मध्ये कोही ठग छन् भने कोही ठगबाट पीडित रहेका छन् ।

ठगहरुको जालमा सोझा साझा जनता मात्र होइन चलाख व्यक्ति पनि परेका छन् ।

यसरी ठग्छन् ठगहरुले

केस नं. १

रियल स्टेटको व्यापारी बनेर रमिताको ठगी

उनी करोडौंको भन्दा कम कारोबारको कुरा नै गर्दिन थिइन । आफ्नो करोडौंको घर जग्गा रहेको बाताउंथिन । उच्च तहका व्यक्तिहसंग पनि चिनजान रहेको धाक लगाउंथिन ।

ठूलो जग्गा व्यापारी भएको जाल फ्याकेर ललितपुरकी रमिता तुलाधर काठमाडौंमा करोडौं ठग्न सफल भइन । उनै तुलाधरलाई काठमाडौं प्रहरीले पक्रेर थुनामा राखेर अनुसन्धान गरिरहेको छ । आफू ठुलो व्यापारी भएकाले कसैलाई जग्गामा लगानी गर्न त कसैलाई क्रसर उद्योगमा लगानी गर्न भनेर उनले एक करोड ६४ लाख ५० हजार विभिन्न व्यक्तिबाट ठगेको उजुरी परेको छ ।

प्रहरीका अनुसार उनले केही समय जग्गाको कारोबार गरेको र त्यसबाट पैसा कमाउन थालेकाले उनले सजिलै पैसा कमाउने धन्दा अपनाएको प्रहरीले जनाएको छ ।


केस न. २ उपराष्ट्रपतिको छोरा हुँ भन्दै ठगी

उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा भन्दै ठगी गर्ने सिन्धुपाल्चोकका रोशन सुवेदीलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनलाई उपराष्ट्रपतिका छोरा दिपेश पुनको पहुँच राम्रोसंग थाहा भएर उनको नाम लिएर ठगी विभिन्न व्यक्तिहरुसंग फोनमा धम्की दिदै पैसा असुल्ने गरेको प्रहरी अपराध महाशाखाले जनाएको छ । उनी यातायात मजदुर भएको पनि प्रहरीले जनाएको छ ।


केस नं. ३

प्रेम र व्यापारको जाल

झापाका का नेत्रप्रसाद गिरीले विभिन्न बहानामा महिलाहरुलाई प्रेम जालमा पारी पैसा असुल्ने र आफू ठुलो व्यापारी भएको जग्गा पल्टिङ गर्नका लागी पैसा नभएको भन्दै ५० जना महिलालाई प्रेम जालमा फसाई उनिहरुबाट एक करोड १० लाख ठगी गरेको प्रहरीले जनाएको । उनले महिलाहरुबाट पैसा असुल्ने गरेको खुल्न आएको छ । उनले म्याग्दीको जेलमा रहेकी महिलालाई समेत आफुले उनलाई निकाल्न सहयोग गर्ने र उनलाई विवाह गर्ने भन्दै १६ लाख रुपैया लिएको पनि प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।


केस नं. ४

सस्तो डलरको प्रलोभन

सिन्धुपाल्चोककी सुष्मिता लामालाई प्रहरीले रत्नपार्कमा हिडिरहेको अवस्थामा जब पक्रियो । उनले एक सैनिक जवानलाई सस्तोमा डलर दिने प्रलोभनमा ४ लाख रुपैयांमा १० हजार डलर साट्ने बहानामा ठगी गरेको खुलेको छ ।

नेपाली सेनामा कार्यरत एकल बहादुर दमाईलाई उनले आफुसंग अबैध डलर रहेको र सस्तोमा डलर साटिदिने भन्दै उनलाई एकान्त ठांउंमा बोलाएर उनीसंग चारलाख लिएर ति महिला गायब भइन उनलाई डलर पनि एउटा बन्द झोलामा दिएर गइन तर उनले त्यहां नखोली अलि पर पुगेपछि खोल्दा त झोलामा डलर आकारका कागज मात्रै भेट्टाए ।

यस्तै उनले ६ महिनामा १० जना व्यक्तिलाई यसरी नै ठगी गरेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

यी त प्रतिनीध उदाहरण मात्र हुन उपत्यकाबासीहरु विभिन्न बहानामा ठगीरहेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको छ ।

गज्जबबाट

Nepal Police Police in Nepal

विशेष