अपराध सुरक्षा

सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गरे प्रहरीकाे फन्दामा

सामाजिक सञ्जालमा अश्लिल कमेन्ट गरे प्रहरीकाे फन्दामा
माघ, १३ सामाजिक सञ्जालको विकास सँगसँगै त्यसको दुरप्रयोग पनि त्यतिकै रुपमा बढ्दै गएको छ । नेपाल प्रहरी प्रधान कार्यलय अपराध अनुसन्धान विभागले सामाजिक सञ्जालको दुरुपयोग प्रति सचेत हुन बिहीबार विज्ञप्तिमार्फत अनुरोध गरेको छ । सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्रााम, ट्विटरमा अश्लिल, अपशब्द तथा अनावश्यक टिप्पणी गरेर कुनै व्यक्ति वा संस्थाको इज्जत, प्रतिष्ठामा असर पुग्ने खालका शब्दहरु प्रयोग नगर्न वा नगराउन नेपाल प्रहरी अनुरोध गरेको हो । सामाजिक सञ्जालाको माध्यमबाट धेरै पीडकहरुले इज्जतमा दाग लाग्ने खालका तुच्र्छ र अपशब्द प्रयोग गर्ने गरेको गुनासो प्रहरीलाई प्राप्त भएकोप्रति विभागको गम्भीर ध्यानाकर्षण भएको बताएको हो । प्रधान कार्यलयले कसैले व्यक्ति वा संस्थाको ईज्जयत, पतिष्ठामा आँच पु¥र्याउने खालका टिप्पणी नगर्न/नगराउन अनुरोध गरेको छ । यदि कसैले कसैको ईज्जयतमा आँच पु¥याएमा त्यस व्यक्तिलाई कानुन बमोजिम कारबाहि गर्ने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।  

सामाजिक सञ्जाल

विशेष