अर्थ शेयर

सेयर बजारमा दोहोरो अङ्कको गिरावट

सेयर बजारमा दोहोरो अङ्कको गिरावट
माघ - १३ । धितोपत्र बजारमा आजको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । लगातार ओरालो लाग्दै आएको बजार आज थप ओर्लिएर एक हजार ३७५ बिन्दुमा आइपुगेको हाे । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.५६ बिन्दुले घटेको छ । कुल १० लाख ४५ हजार ४४९ कित्ता सेयर रु ५१ करोड ५७ लाख ८० हजार ४६२ मा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । स्टकका अनुसार बैंकिङ १.७५, होटल ०.३१, विकास बैंक १.२८, जलविद्युत् ०.२, फाइनान्स १.३७, बिमा १.५९ र अन्य समूह १.७८ प्रतिशतले घटेको छ ।

nepse share bajar share bajar loss

विशेष