अपराध सुरक्षा

डेढलाख घुससहित पक्राउ परेका नापी अधिकृत झाविरूद्ध मुद्दा दायर

डेढलाख घुससहित पक्राउ परेका नापी अधिकृत झाविरूद्ध मुद्दा दायर
माघ - १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २ नं नापी टोलीको कार्यालय, टीकाथलीमा कार्यरत नापी अधिकृत प्रेमचन्द्र झालाई विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता जीवराज कोइरालाका अनुसार जग्गा हाल साविक गर्ने प्रयोजनमा एक सेवाग्राहीसँग एक लाख ५० हजार घुस माग्दामाग्दै आयोग टोलीले केही दिन पहिले नापी अधिकृत झालाई पक्राउ गरेको थियो । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरेको जनाएको छ ।

घुस

विशेष