ओटोमोबाइल

गेट मोर विथ पुन्टो प्युअर कार नेपाली बजारमा

गेट मोर विथ पुन्टो प्युअर कार नेपाली बजारमा

माघ १४ । नेपालका लागि फियाट्को आधिकारिक विक्रेता लाइफ अटोमोबाइल प्रा. लि.ले बुधबार आफ्नो नयाँ स्किम –‘गेट मोर विथ पुन्टो प्युअर’ सार्वजनिक गरेको छ ।

नयाँ स्किममा लाइफ अटोमोबाइलले फियाट् पुन्टो प्युअरको खरिदमा भारी छुट र सुविधा उपलब्ध गराउनेछ ।

अब बेस्ट–इन–क्लास युरोपियन ह्याचब्याक पुन्टो प्युअरका खरिदकर्ताले विशेष नगद छुट, एक वर्षको लागि गाडीको विमा, एक वर्षको सवारी कर, निःशुल्क एसोसरिज, रिभर्स क्यामेरा, आठ पटक निःशुल्क सर्भिसिङ, एक्सचेन्ज बोनस र लोयाल्टी बोनस लगायतका सुविधा पाउनुहुनेछ । पुन्टो प्युअर यसै वर्ष नाडा अटो शोमार्फत नेपालमा ल्याइएको थियो । त्यसयता, यो युरोपेली कारले कार पारखीहरुको मन जित्न सफल भइरहेको छ । नेपाली बजारमा पुन्टो प्युअरको मूल्य २२ लाख ८९ हजार रुपैयाँ रहेको छ ।

Punto car

विशेष