अपराध सुरक्षा समाज

फरार गायक प्रकाश ओझा पक्राउ, १० वर्षका लागि जेल चलन

फरार गायक प्रकाश ओझा पक्राउ, १० वर्षका लागि जेल चलन
माघ - १४ । गायक प्रकाश ओझालाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । उनलाई शंखमुलबाट पक्राउ गरेको हो । तीन नाबालिकालाई यौन शोषण गरेको, भिडियो खिचेर पैसा कमाउने उद्देश्यसहित वेबसाइटमा प्रकाशित गरेको आरोपमा अदालतले १० वर्षको सजाय सुनाएको थियो । अदालतले कैद फैसला गरेलगत्तै ओझा फरार थिए । ओझालाई आजै काठमाडौं जिल्ला अदालतमा पेश गरिएको र अदालतको आदेशअनुसार कैद भुक्तानको लागि केन्द्रिय कारागार सुन्धारा पठाइएको व्यूराले जनाएको छ । उनलाई सर्वोच्च अदालतले पुनरावेदन अदालत विराटनगरको फैसला उल्टाउदै १० दिनअघि मानव बेचबिखन तथा ओसारपसारका दुई मुद्दामा ५–५ वर्षको सजाय सुनाएको थियो । ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर देखाइ अनुचित प्रभावमा पारी पीडित तीन नाबालिकासँग अनैतिक सम्बन्ध राखेको अश्लित तस्बिर र भिडियो खिचेर सार्वजनिक गर्ने धम्की दिइ पटक पटक यौन शोषण गरेको आरोप लागेको थियो । इटहरी घर भएका ओझा कुनै बेलाका चर्चित गायक र हास्य कलाकारसमेत हुन् । उनी काठमाडौंमै लुकीछिपी बसेर गीत रेकर्डिङसमेत गर्ने गरेको व्यूरोले जनाएको छ ।

Prakash Ojha

विशेष