अपराध सुरक्षा

अर्का बिजुली चोर पनि समातिए

अर्का बिजुली चोर पनि समातिए

माघ–१५ । बिजुलीको मिटर उल्टो घुमाएर विद्युत् महसुल ठगीमा संलग्न थप एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले सुकेधाराबाट बुद्ध वासिङ सेन्टरका सञ्चालक बुद्धकुमार लामालाई पक्राउ गरेको हो । महाशाखाले उनको कार्यालयबाट एउटर बिजुली मिटर र दुई थान सिलसमेत बरामद गरेको छ । बिजुलीको मिटरमा लगाइने यस्तो सिल विद्युत् प्राधिकरणका निश्चित कर्मचारले मात्रै पाउने नीतिगत व्यवस्था छ । पक्राउ परेका लामालाई महाशाखाले काठमाडौँ प्रहरी परिसरमा बुझाएको छ । महाशाखाले गत माघ ९ मा प्राधिकरणका ११ कर्मचारी, एक पूर्वकर्मचारी र ४ व्यापारीलाई पक्राउ गरेको थियो । मिटरको सुई उल्टो घुमाएर खपतभन्दा कप पैसा तिर्ने संगठित धन्दामा वर्षौँदेखि यो समूह सक्रिय रहेको महाशाखाको प्रारम्भिक अध्ययनले देखाएको छ । यही आशंकामा महाशाखाले कपनस्थित रामकृष्ण ढुंगेलले सञ्चालन गरेको बिजुली टेम्पोको चार्जिङ सेन्टरमा मिटरको सिल २ थान, एउटा मिटर बरामद गरेको छ । थापा भने फरार छन् । यस्तै गरी इमाडोलमा रहेको बोतल कारखानाबाट पनि २ थान बिजुली मिटर र ४ थान मिटर सिल बराबद गरेको छ । कारखानाका सञ्चालक रमेशकुमार लुनिया भने फरार छन् । –कान्तिपुर दैनिकबाट

विशेष