अपराध सुरक्षा समाज

आइजीपीको दौडमा लागेका आफ्नै सहकर्मी खुइल्याउन मिडियामा नियोजित हंगामा

आइजीपीको दौडमा लागेका आफ्नै सहकर्मी खुइल्याउन मिडियामा नियोजित हंगामा

नेपाल प्रहरीको नयाँ नेतृत्व महानिरीक्षक चयनको म्याद नजिकदै गर्दा प्रहरीमा तिब्र प्रतिस्पर्धा र विवाद बढेको छ । हालका प्रहरी महानिरीक्षक (आईजीपी) उपेन्द्रकान्त अर्यालको कार्यकाल फागुन २ गते सकिदै छ । २०४४ सालमा प्रहरी निरीक्षकको रुपमा सेवामा प्रवेश गरेका र हाल डिआइजी रहेकाहरुबाट नै नेपाल प्रहरीको २५औँ महानिरीक्षकको चयन हुने पक्कापक्की भएको छ । नियमअनुसार नेपाल सरकारले एआइजी मध्येबाट आइजीपी बनाउनुपर्ने भए पनि उपेन्द्रकान्तसँग एउटै ब्याचका एआइजीहरु भएकाले अर्यालसँगै सबै एआइजी घरजाने अवस्था छ । र, यसको सोझो फाइदा डीआइजीहरुलाई हुनेछ । हाल नेपाल प्रहरीमा प्राविधिकतर्फ बाहेक २७ जना डीआइजी छन् । अब यिनै डीआइमध्येबाट आइजीपी बन्ने सम्भावना देखिन्छ । एआइजी नभए डीआइजीमध्ये उत्कृष्टलाई आइजीपी बनाउन सक्ने नियमावलीमा व्यवस्था छ । अहिले नेपाल प्रहरीको नेतृत्व सम्हाल्न चार डीआइजीबीच प्रतिस्पर्धा चलिरहेको छ । डीआइजीको रोलक्रममा एक नम्बरमा रहेका नवराज सिलवाल, दुई नम्बरमा रहेका प्रकाश अर्याल, तीन नम्बरमा रहेका जयबहादुर चन्द र चार नम्बरमा रहेका बमबहादुर भण्डारी आगामी आइजीपीको दाबेदार हुन् । यी चार जना डिआइजीहरु आईजीपी दौडमा सामेल भएपछि अस्वस्थ प्रतिस्पर्धा चलिरहेको जानकारहरु बताउँछन् । पछिल्लो १५ दिनभित्र विभिन्न मिडियाहरुमा आएका समाचारहरुले यो कुराको पुष्टि गरेको छ । मिडियामा अहिले आईजीपीको मैदानमा रहेक ४ जनाविरुद्ध विभिन्न किसिमका चरित्र हत्या हुने समाचार आएको छ । यस्तो समाचार यो समयमा आउनु भनेको प्रायोजित रुपमा एकले अर्काको चरित्र हत्या गर्न चालिएको चाल हुनसक्ने प्रहरी अधिकारीहरु बताउछन् । यस्तो समाचार प्रतिस्पर्धामा रहेका चार जनाले एकको विरुद्ध अर्कोलाई प्रहार गर्न सम्प्रेसण गराइको जानाकार बताउँछन् । ‘अर्कोलाई लडाएर आफूमाथी उठ्न अहिले यस्तो समाचार आएको हो ।’ प्रहरीस्रोतले भन्यो । बताइए अनुसार नवराज सिलवाल, प्रकाश अर्याल र जयबहादुर चन्द विवादमा मुछिएका छन् । विवाद ल्याएर एकले अर्कालाई दोष देखाइ आफ्नो लागि पद सुरुक्षित राख्न चालिएको दाउ हुनसक्ने जानकारहरुले बताउँछन् ।
यस्तो छ पछिल्लो समय आएका विवाद नवराज सिलवाल आईजीपी सूचीको एक नम्बरको रोलक्रममा परेपनि विवादमुक्त भने छैनन् । उनीविरुद्ध अख्तियारमा मुद्दा छ । उनीविरुद्ध घरजग्गा व्यावसायी गुनबहादुर थापा (शम्भु)को छोरा सागरले अख्तियारमा मुद्दा दर्ता गरेक हुन् । सिलवालले घरजग्गा व्यावसायी थापालाई बैंकिङ कसुरको मुद्दा लगाएका थिए । भिमफेदि कारागारा पुगेपछि थापाले आफू अन्यायमा परेको भन्दै पत्रकार सम्मेलन गरे । त्यस लगत्तै उनको छोरा सागरले सिलवालविरुद्ध अख्तियारमा उजुरी दर्ता गराए । लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दविरुद्ध पनि अख्तियारमा उजुरी छ । ब्युरोले अपरेशन आइस अन्तर्गत लागूऔषध एम्फेटामाइन मुद्दामा फरार प्रतिवादी धादिङका पूर्णबहादुर पाख्रिन तामाङलाई प्रक्राउ गरेका थिए । पक्राउपछि उनीवाट चन्दले ५० लाख रुपैया माग गरेको भन्दै अख्तियारमा उजुरी परेको छ । चन्दले तामाङवाट करिव तीन लाख मूल्य पर्ने राडो ब्राण्डको हाते घडी पनि लिएको उजुरीमा उल्लेख गरिएको छ । सिलवाल र चन्दपछि आईजीपीको दावेदारमा प्रकाश अर्यालको नाम अगाडि आउँछ । अर्याल पनि विवादबाट मुक्त छैनन् । उनले पहिलोपटक अवैधरुपमा तस्करी भैरहेको ३५ किलो सुन बरामद गरे । तर, सुराकी बापतको कमिसनमा पनि आँखा लगाएको भन्दै अर्याल विवादमा मुछिए । अर्यालले ३५ किलो सुन समातेको विषयलाई छायाँमा पारियो । जसले गर्दा सुन तस्करहरु जोगिए ।
को बन्ला प्रहरी महानिरीक्षक ? विसं २०४४ सालमा प्रहरी निरीक्षकबाट प्रहरीमा प्रवेश गरेका सिलवाल, अर्याल, चन्द र भण्डारी एउटै ब्याजी हुन् । उनीहरु मध्ये नवराज सिलवालको नाम अगाडि छ । चारैजना ०६९ सालमा डीआइजीमा बढुवा भएका थिए । सँगै बढुवा भएकै कारण चारैजनालाई भावी आइजीपीको प्रतिस्पर्धीका रुपमा हेरिएको छ । डीआइजी सिलवाल अध्ययनशिल मानिन्छन् । सिलवालको पहिलो संविधान सभाको निर्वाचनपछि काठमाडौं परिसरको नेतृत्व सम्हालेपछि चर्चा भएको थियो । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएकै समयमा उनले काठमाडौँबाट २२ वटा वाइसीएल क्याम्प हटाए । त्यस्तै उनले रातभर चल्ने नांगो डान्ससमेत बन्द गराए । सिलवाल काठमाडौं प्रहरी परिसर प्रमुख हुँदै एसएसपीमा बढुवा भएका थिए । एसएसपी भइपछि उनले पहिलोपटक जनकपुर अञ्चलको कमाण्ड सम्हाले । मधेस आन्दोलनपछि जनकपुर अञ्चलको नेतृत्व सम्हालेका सिलवालले सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डको अनुसन्धान गरेका थिए । जनकपुरबाट उनी लागूऔषध नियन्त्रण व्युरोमा सरुवा भए । लागूऔषध व्युरोमा पहिलो पटक नेपालमा विश्वकै सबैभन्दा महंगो लागूऔषध कोकिन बरामद गरेपछि सिलवाल थप चर्चित भए । काठमाडौंमा चरेसको कारखाना चलाएर बसेका देवेन्द्र छापालीलाई उनकै पालामा कार्वाहीको दायरामा ल्याईएको थियो । व्यूराे हुँदै सिलवाल डीआइजीमा बढुवा भए । उनीसँगै प्रकाश अर्याल, जयबहादुर चन्द र बमबहादुर भण्डारी पनि सँगै बढुवा भए । ०६९ सालमा डीआइजीमा बढुवा भएका सिलवाललाई ०७० सालमा दोस्रो पटक संविधानसभाको निर्वाचन गराउन पूर्वक्षेत्रको कमाण्ड सम्हाल्न पठाइएको थियो । पछिल्लो समय सीआइबीको नेतृत्व सम्हालेपछि नक्कली प्रमाणपत्रधारी डाक्टरदेखि पाइलटसम्मलाई कार्वाहीको दायरामा ल्याएका सिलवालले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३४ किलो सुन बरामद गरेपछि उनको चर्चा थप चलेको छ ।
यी हुन सिलवालका प्रतिस्पर्धी हाल ट्राफिक महाशाखामा रहेका प्रकाश अर्याल सिलवालसँगै प्रतिस्पर्धामा छन् । डीआइजी अर्यालले एसपी हँुदा रुपन्देही जिल्लाको नेतृत्व सम्हालेका थिए । त्यहाँबाट एसएसपी भएर लुम्बिनी अञ्चल प्रमुख भएका थिए । ०६९ सालमा डीआइजीमा बढुवा भएका उनले डीआइजी भएलगत्तै सीआइबीको नेतृत्व सम्हाल्न पुगे । बढुवालगत्तै इञ्चार्ज पाउने उनी कम अधिकृतमध्ये पर्छन् । सीआइबीबाट मध्य क्षेत्र पुगेका डीआइजी अर्याल प्रशासनिक काममा बढी दख्खल राख्छन । जयबहादुर चन्द द्वन्द्वकालमा सबैभन्दा बढी उपत्यका बाहिर बस्ने अधिकृत हुन् । पछिल्लो समय औषधि उत्पादन कम्पनीको नाममा ल्याइएको रसायन एवं लागूऔषध तस्करीलाई सप्लाई गरेको भन्दै पवन संघाइको उद्योगमा छापा मारेपछि चन्द चर्चामा आए । चन्द पनि अहिले आइजीपीको होडमा छन् ।
भण्डारी पनि प्रतिस्पर्धामा डीआइजी बमबहादुर भण्डारी उनका ब्याजीमध्ये खासै चर्चामा नरहेका अधिकृत हुन् । संगठनभित्र निकै शालीन मानिएका भण्डारी फिल्डमा भन्दा अनुसन्धानमा दख्खल राख्ने अधिकृत हुन् । त्यसैले उनी पोशाकमा कमै मात्रामा खटिएका छन् । हाल भण्डारी विषेश ब्युरोमै छन् । एसएसपी हुँदा भण्डारीले, लुम्बिनी अञ्चल, डीआइजी भएपछि पश्चिम क्षेत्रको कमाण्ड सम्हालेका हुन् । त्यसबाहेक उनी लामो समय लागूऔषध नियन्त्रण व्यूरो र प्रहरी प्रधान कार्यालयमा रहेको विषेश व्यूरोमा कार्यरत रहे ।
र याे पनि  यी ५७ नेपालीलाई जुनसुकै देशमा पक्रन सक्छ ईन्टरपोलले
प्रस्तुतिः सागर बुढाथोकी

Bam Bahadur Bhandari Jay Bahadur Chanda Nawaraj Silwal Nepal Police prakash aryal आइजीपीको दौड

विशेष