अपराध सुरक्षा

बालिका बलत्कार गर्ने १८ वर्षिया युवक पक्राउ

बालिका बलत्कार गर्ने १८ वर्षिया युवक पक्राउ

माघ १६ । वाह्र वर्षीय वालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीले उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई पक्राउ गरेको छ ।

स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी चौकी सुकौराले जनाएको छ ।

विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते बेलुकी राउतले बालिकालाई पाखातिर लाँदै गरेको र बालिका चिच्याएको एक स्थानीयवासीले सुनेपछि उक्त घट्नाको तथ्य बाहिर आएको हो ।

बालिका डरले कामिरहेको र उक्त घट्नाबारे कसैलाई बताए राउतले पटक-पटक ज्यान मार्ने धम्की दिदैं आएका कारण आफूले बाहिर अरुलाई भन्न नसकेको भएपनि विद्यालयकी शिक्षिका सीता तामाङलाई उक्त घटनाका सम्बन्धमा बालिकाले बताएकी प्रहरी चौकी सुकौराका प्रमुख राजकुमार खड्का बताए।

वालिकाको अभिभावक र विद्यालयकी शिक्षिकाको जाहेरीमा प्रहरीले राउतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरीक्षक नरबहादुर केसीले बताए।

balatkar

विशेष