छोराद्वारा बाबुको हत्या

माघ १७ । घरमा प्रयोग गरिएको इन्भर्टर हराएको निहुँमा सुनसरीको धरान–१५ पतन्जलीमार्गमा छोराले बुवालाई धारिलो छुरा प्रहार गरी आइतबार हत्या गरेका छन् ।
प्रहरीका अनुसार २२ वर्षीय साइमान कार्कीले ४५ वर्षीय अटलराज कार्कीको हत्या गरेका हुन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्रहरी तिलक गिरीका अनुसार छोराको छुरा प्रहारबाट घाइते भएका कर्कीको साढे ४ बजे प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
घरमा बत्तिबाल्न प्रयोगमा रहेको इन्भर्टर हराएको निहुंमा बाबुछोराबीच भनाभन हुँदा छोरा साइमनले छुरा प्रहार गरेको उनले बताए । परिवारसहित रहेका साइमनले बुवासँग विवाद भएपछि कोठा भित्रबाट छुरा ल्याएर प्रहार गरेको प्रहरीको भनाई छ । छुरा प्रहार गर्ने साइमान कार्की फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
hatya