अपराध सुरक्षा

कुवेत लैजान लागिएका तीन महिलाको उद्धार

कुवेत लैजान लागिएका तीन महिलाको उद्धार
माघ १७ । नेपालबाट भारतीय भूमि हुँदै कुवेत लैजान लागिएका तीन महिलालाई बर्दियाको सानोश्री तारातालबाट उद्धार गरिएको छ। नयाँ दिल्ली हुँदै कुवेत लैजाने भन्दै यम गुरुङ भनिने एक व्यक्तिले मोटो रकम दिने आश्वासनका आधारमा म्याग्दी घर बताउने धनवीर पुनको अगुवाइमा ती महिलाहरु जाँदै थिए। सीमा पार गराउने क्रममा शनिबार राति १० बजे इलाका प्रहरी कार्यालय सानोश्री तारातालको गस्ती टोलीले १० नं ओपीबाट उनीहरुलाई उद्धार गरेको हो। उद्धार गरिएकामा लमजुङका दुई तथा नवलपरासीका एक महिला रहेका छन्। भारतको दिल्ली हुँदै कुवेत लैजान लागेका धनवीर पुन र उनका सहयोगी रतन विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी उपरीक्षक भरतबहादुर बोहराका अनुसार यो विषयमा थप अनुसन्धान भइरहेको छ।

Uddar

विशेष