अपराध सुरक्षा

सरकारी जग्गा हडप्ने पक्राउ

सरकारी जग्गा हडप्ने पक्राउ
माघ १८ । प्रहरीले काठमाडौं भित्रकै मुल्यवान सरकारी जग्गा नक्कली कागजपत्र बनाएर हडप्ने एकजना फरार अभियुक्तलाई पाँच वर्षपछि पक्रेको छ। प्रहरीले अदालतले चारवर्ष कैद र चालिस लाख रुपैयाँ जरिवाना तोकेका अभियुक्त कृष्णबहादुर श्रेष्ठलाई पाँचवर्ष पछि पक्रेको हो। केन्द्रीय अनुसन्धान ब्युरोले काठमाडौं बालुवा गाबिसमा रहेको ११ रोपनी साता आना सरकारी जग्गा किर्ते गरि आफ्नो नाममा नामसारी गर्ने कसुर ठहर भएका श्रेष्ठलाई पक्रेको हो । श्रेष्ठ काठमाडौं जिल्ला अदालतले सरकारी छाप दस्तखत किर्ते तथा ठगी मुद्दामा २०६८ पुस २१ गते ४ बर्ष कैद र चालिस लाख २० हजार जरिवाना तिरेका  फरार अभियुक्त हुन। नागरिक

Pakrau

विशेष