दुर्गा तिवारीको हत्यामा काठमाडौंका गुन्डाको पनि संलग्नता
माघ १८ । युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा काठमाडौका गुन्डा नाइकेहरुको समेत संलग्नता खुलेको छ । कुमार घैटेको इनकाउन्टरपछि फरार रहेका सिफलका गुन्डा नाइके समीरमानसिहं बस्नेतसमेत तिवारी हत्यामा संलग्न भएको रहस्य खुलेको प्रहरीको उच्च स्रोतले बताएको छ । गत ४ पुसमा तिवारीको गोली हानी हत्या भएको थियो । डेढ महिना बित्दा पनि हत्यामा संलग्न कसैलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । बुटबलमा गुन्डागर्दी गर्ने मनोज पुन र बस्नेत मिलेर तिवारीको हत्या गरेका थिए । उनीहरुले अरुलाई पनि तर्साएर पैसा उठाउन हत्या गरेको स्रोत बताउँछ । बस्नेतको संलग्नता खुलेपछि उनलाई प्रहरीले पक्राउ गर्न चासो दिएको छैन । बस्नेत राजधानीमा कांग्रेसी नेताहरुको संरक्षणमा बसेर गुन्डागर्दी गर्दै आएका थिए । कुमार घैंटेको निकट रहेका उनी घैंटे डेढ वर्ष अघि प्रहरी इन्काउन्टरमा मारिएपछि भागेका हुन् । –दृष्टि साप्ताहिकबाट